बाजुरा : बाजुराको गौमूल गाउँपालिका –४ निवासी पारू रोकायाले सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै आएकी छन् ।
२०७४ सालमा उनले गाउँमा सधैँ अन्नबाली लगाउने सात रोपनी जमिनमा सुन्तला खेती गरेकी थिइन् । २०८० सालदेखि त्यो सुन्तला फल्न शुरुभयो । अहिले त्यसलाई बिक्री गरेर उनले मनग्य आम्दानी गरेकी हुन् ।
“गाउँमा धेरै जमिन छ । मैले त्यो जमिनमा राम्रो मेहेनत गरेर अन्बाली लगाउने गरेकी थिएँ । त्यसबाट मलाई खान समेत पुगेन । त्यसपछि सबै जमिनमा सुन्तला खेती गरेपछि अहिले राम्रो कमाई हुनेगरेको छ” गौमूल गाउँपालिका–४, का विजय ढुङ्गाकी किसान पारू रोकायाले बताइन् ।
उनले भनिन, “अन्नबाली लगाउन खान नपुग्ने ठाउँमा अहिले सुन्तला खेतीबाट परिवार पाल्न निकै सहज भएको छ । यही सुन्तला बिक्री गरेर मेरा छोरा छोरीलाई समेत उच्च शिक्षामा पढाइ रहेकी छु ।”
‘२०७४ सालमा झन्डै पाँच सात रोपनी जमिनमा सुन्तला खेती गरेकी थिएँ । गाउँमा रहेको पाखो जमिनमा अन्बाली लगाउँदा उत्पादन राम्रो नभएपछि सबै जमिनमा सुन्तला खेती सुरु गरेकी हुँ’ उनले भनिन् ।
गत वर्ष गाउँमा सडक नपुगेकाले मैले त्यो सुन्तला समयमै मार्तडी पुगाउन नसकेको उनले बताइन् । यतिबेला गाउँमा सडक पुगेपछि अहिले सुन्तला समयमै मार्तडी बजारमा ल्याएर बिक्री गर्न थालेकी छु, उनको भनाइ छ ।
गाउँमा उत्पादन गरेको अर्गानिक सुन्तला भएकाले यतिबेला मेरो सुन्तला राम्रोसँग बिक्री हुनेगरेको छ । “गत वर्ष अलि ढिला ल्याएकी थिएँ । तैपनि दुई–चार लाख रुपियाँ कमाइ भएको थियो” उनले थपिन, “अहिले समयमै सुन्तला बजारमा ल्याएकी छु । यतिबेला सुन्तला बिक्री हुने हो भने त्यसबाट मलाई यो वर्ष पाँचदेखि छ लाख भन्दाबढी रुपैयाँ कमाइ हुन्छ ।”
हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा, बडीमालिका, गौमूल, त्रिवेणी, बुढीगङ्गा, त्रिवेणी र छेडेदह लगायत पालिकामा राम्रो सुन्तला उत्पादन हुनेगरेको छ । बाजुरामा उत्पादन गरेको सुन्तलालाई बजारीकरण गर्न कृषि ज्ञान केन्द्र बाजुराले सधै ढुवानी अनुदानको व्यवस्था मिलाउँदैआएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार