Listen LIVE

चट्याङ लागेर गर्भवती महिलाको मृत्यु, श्रीमान् घाइते

धनगढी : चट्याङ् लागेर आइतबार बिहान एक गर्भवती महिलाको मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ की २४ वर्षीया लालमती रानाको मृत्यु भएको हो ।

बारीमा तरबुज टिप्न गएको बेला चट्याङ लागेर उनको घटनास्थलमै ज्यान गएको वडाध्यक्ष नवलसिंह रानाले जानकारी दिए । मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना भने घाइते भएका छन् । घाइतेलाई उपचारका लागि धनगढी पठाइएको वडाध्यक्ष रानाले बताए । 

उनका अनुसार बारीमा श्रीमान् श्रीमती दुवै जना तरबुज टिप्न गएका थिए । त्यहि बेला हावाहुरीसहित पानी र चट्याङ परेको थियो ।

प्रतिक्रिया