नेपालगञ्ज : खडेरीका कारण रोपाइँ गर्न र रोपाइँ गरिएको धान जोगाउन समस्या भोग्दै आएका बाँकेका किसानलाई लामो पर्खाइपछि वर्षाले राहत दिएको छ ।
मङ्गलबार बिहानदेखि परेको वर्षाले किसानलाई राहत पुगेको हो । यहाँ बिहानैदेखि निरन्तर भएको वर्षाले किसानलाई राहत दिएको । वर्षाको पानीले खेतमा सिँचाइ भएपछि किसान खुशी भएका छन् ।
उनीहरूले रोपाइँ गर्न अब सहज हुने बताएका छन् । यसैगरी सुकिरहेको ब्याडलाई पनि फाइदा पुगेको डुडुवा गाउँपालिका वडा नं. ६ का कृषक जयपाल मौर्यले बताए । पानी नपर्दा ब्याड सुकेर मर्न थालेको उनले उल्लेख गरे ।
2026-07-01
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार