Listen LIVE

लुटपाटको आरोपमा दुई युवक पक्राउ

दाङ : तुलसीपुरमा  मोवाइल र नगद लुटपाट गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँका २६ बर्षीय होमबहादुर राना र २४ बषीय शंकर रेउले रहेका छन् ।

तुलसीपुर प्रहरीका अनुसार थप एक जना फरार छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार असोज २९ गते राति ९ बजेतिर राना र रेउलेले सल्यानको बागचौर नगरपालिका–९ का ३९ बर्षीय प्रेम डाँगीको मोवाइल र ८,४००  रुपैयाँ लुटपाट गरेका थिए ।

तुलसीपुर–५ न्यूरोडवाट डाँगीको मोवाइल र नगद रकम लुटपाट भएको थियो । पक्राउ परेका दुई जना विरुद्ध डाँका चोरी मुद्दामा थप अनुसन्धान जारी रहेको तुलसीपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया