Listen LIVE

नेपालगञ्जमा अठार वटा छाडा पशुचौपाया नियन्त्रणमा

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र छाडा अवस्थामा रहेका १८ वटा पशुचौपाया नियन्त्रणमा लिएर काञ्जीहाउसमा व्यवस्थापन गरेको छ ।

उपमहानगरपालिकाका अनुसार मंगलवार बिहान ६ बजेदेखि सञ्चालन गरिएको अभियानका क्रममा वडा नं. २१ बिर्तास्थित कान्जीहाउसमा छाडा पशुचौपाया संकलन गरी राखिएको हो ।

संकलन गरिएका पशुचौपायामध्ये २ वटा बाच्छा/बाछी तथा १६ वटा घोडा, घोडी र बछेरा रहेका छन् । 

नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीका अनुसार नगर क्षेत्रमा छाडा पशुचौपायाका कारण सडक आवागमन तथा दुर्घटनाको जोखिम बढ्ने भएकाले उपमहानगरपालिकाले नियमित रूपमा नियन्त्रण तथा व्यवस्थापन अभियान सञ्चालन गर्दै आएको छ ।

उपमहानगरपालिकाले छाडा पशुचौपाया नियन्त्रण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया