बर्दिया : अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लाको राजापुर नगरपालिकामा यतिबेला धान काट्न किसानहरू लाई भ्याइनभ्याई छ ।
पानी पर्न छाडे पछि किसानहरू धान काट्न व्यस्त छन् । बर्दियाको कुल खेतीयोग्य ७५ हजार हेक्टर जमिनमध्ये ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
लुम्बिनी प्रदेशमा उत्पादन हुने धानमध्ये २० प्रतिशत योगदान बर्दियाको हुने गरेको छ ।
राजापुर नगरपालिकालाई सरकारले धान सुपरजोन घोषणा गरेको छ । विगतका वर्षहरूमा धान खेतीमा मात्र निर्भर हुने गरेका बर्दियाका कृषकहरू पछिल्लो समय भने उखु, मकै जस्ता बालीमा आकर्षित हुन थालेका छन् ।
2025-10-13
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार