Listen LIVE

गोरखामा व्यावसायिक अकबरे खुर्सानी खेती शुरु

गोरखा : गोरखाको गण्डकी गाउँपालिका – २ स्थित याङदीमा ३० रोपनी क्षेत्रफल जग्गामा व्यवसायिक अकबरे खुर्सानी खेती शुरु गरिएको छ । सुन्तला उत्पादक सहकारी संस्था लिमिटेडमार्फत् यहाँका ५ जना किसानहरुको लगानीमा अकबरे खुर्सानीको ब्याबशायिक खेती शुरु गरिएको हो । 

झण्डै दुई दशक काठमाडौंमा रहेर अर्कैको कम्पनीमा खाएको जागिरले खान लगाउन र बालबच्चा पढाउन धौधौ भएपछि गण्डकी गाउँपालिका २ याङदीका युवा धन बहादुर थापा अमृतले खेर गइरहेको आफ्नो जमिनलाई सदुपयोग गरी व्यवसायिकरुपमा अकबरे खेती शुरु गरेको बताए । 

अकबरे खुर्सानीको व्यावसायिक खेतीबाट किसानहरुको जीवनस्तरमा राम्रो आर्थिक उपार्जन हुने उद्देश्यले अकबरे खेती शुरु गरिएको कृषक अमृत थापाको भनाइ छ । 

गाउँपालिकाको कृषि शाखाको सहयोगमा स्थानिय ५ जना कृषकले १५ लाखको बजेटमा १५ हजार बिरुवा, प्लाष्टिकका भकारी ट्याङकी बनाई इलामबाट ४ किलो बीउ ल्याएर ५० हजारका दरले २ लाख रुपैयाँ लगानी गरेर अकबरे खुसाृनीको बीउ किनिएको अर्का किसान दिप बहादुर थापाले बताए ।  उक्त अबबरे खुर्सानीको एउटा बोटबाट झण्डै १ किलोदेखि २ किलोसम्म उत्पादन दिने र १ किलोको बजार मुल्य तीन सय रुपैयाँमा बिक्रि गर्न सकिने खुर्सानी किसान दिप बहादुर थापाको बुझाइ छ । 

३० रोपनी जग्गामा लगाए पछि काठमाडौमा रहेको अचार कम्पनीहरुले किलोको ३०० रुपैयाँमा जति फल्छ त्यति नै लैजाने सहमति भएको अर्का किसान रबि थापाले जानकारी दिए । 

खुर्सानीको माग बढ्दै गएकोमा ३० रोपनी क्षेत्रफलबाट १०० रोपनी जग्गामा अकबरे खुर्सानी लगाईने योजना रहेको किसानहरुको भनाई छ । अकबरे खुर्सानीको खेतीका लागि यो पहिलो बर्ष भएकाले सामन्यता प्लाष्टिक र प्राबिधिक तालिम दिईएको गण्डकी गाउँपालिकाका कृषि शाखाका प्रमुख सपना थारुले बताइन् । 

पालिकाभित्रका किसान तथा ब्यवसायीहरुलाई उत्पादन भएका कृषिजन्य उपजहरुको बजारीकरण गर्नुका साथै गाउँपालिकाले दिनुपर्ने अनुदान दिएर किसानलाई हौसला प्रदान गर्न गाउँपालिका तयार रहेको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सेना साकारको भनाई छ ।

प्रतिक्रिया