काठमाण्डौ : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २१ औं संस्करण आगामी २८ भदौमा हुने भएको छ ।
यसपटक मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस, एसिया) को कंग्रेस पनि आयोजना गर्ने बुधबार आयोजित कार्यक्रममा जानकारी दिइएको छ । एनएसजेएफ एआईपीएस एसियाको सदस्य राष्ट्रय हो ।
स्पोर्ट्स अवार्ड कार्यक्रमलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुरÞ्याउने अभियानस्वरुप मञ्चले अवार्डको पूर्वसन्ध्यामा एआईपीएस एसिया कंग्रेस भदौ २५ देखि २८ सम्म आयोजना गर्नेछ । कंग्रेसमा एसियाका ३३ देशका खेलकुद पत्रकारहरुको उपस्थिति रहनेछ ।
स्पोर्टस अवार्डको २१ औं संस्करणमा १० विधा समावेश गरिएको छ । वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा रहने छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार