Listen LIVE

पुष्प खेतीतर्फ आकर्षित मुगुका किसान

मुगु : जिल्लाको एकमात्र छायाँनाथ रारा नगरपालिकाका बस्तीमा पुष्प खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ । छायाँनाथ रारा नगरपालिकाले बजारमा कृत्रिम फूल बिक्री गर्न प्रतिबन्धलगाएपछि यहाँका किसानले नगदेबालीको रूपमा विकास गरी कम लगानीले धेरै आम्दानी लिन सकिने हुनाले नगरपालिकाका विभिन्न स्थानमा किसानले पुष्प खेती गर्न थालिएको हो ।

छायाँनाथ रारा नगरपालिका वडा नं–४ भामवडामा ग्रीन एग्रो कृषि तथा पशुपन्छी फर्मकी सञ्चालक झलक रावल भामले नगरपालिकाले बजारमा कृत्रिम फुल बिक्री गर्न प्रतिबन्धलगाएपछि पुष्प खेतीमा आकर्षण हुँदै आएको बताए ।

उनले भने, ‘‘बजारमा कृत्रिम माला बिक्री गर्न प्रतिबन्ध लगाएपछि स्थानीय फूलका माला बिक्री गर्न सहज भएको छ ।’’

यता छायाँनाथ रारा नगरपालिका वडा नं–१२ का कार्यालय सचिव हेमबहादुर बढुवालले वडा नम्बर १२ का ज्येष्ठ नागरिक र अपाङ्गलाई जाडो मौसममा न्यानो कपडा वितरण गर्ने उद्देश्यले कार्यालयले उत्पादन गरेको फुलका माला बजारमा बिक्री गर्न थालेको बताए ।

छायाँनाथ रारा नगरपालिकाले कृत्रिम मालामा प्रतिबन्ध लगाएपछि सामूहिक रूपमा पुष्प खेतीतर्फ स्थानीयहरू लागि परेका छन् । जिल्लामा फूलमा आत्मनिर्भर बनाउन नगरपालिका मात्र नभएर कृषि विकास कार्यालयले पनि व्यावसायिक रूपमा गरिने पुष्प खेतीका लागि बिउ उपलब्ध र जनचेतना मुलक कार्यक्रम गर्न आवश्यक देखिन्छ नागरिक अभियान्ता रुपबहादुर मल्लले बताए ।

प्रतिक्रिया