काठमाडौं । त्रिवीमा जारी अन्तिम
टी–ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सससामु २ सय १४ रनको लक्ष्य
प्रस्तुत गरेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट
मैदानमा टस हारेर ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरको खेल सकिँदा आरिफ
सेखको उत्कृष्ट व्याटिङमा २ सय १३ रनको योगफल तयार गरेको हो ।
काठमाडौं । आरिफ सेखको आक्रामक
ब्याटिङप्रेरित नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्ध अन्तिम ट्वान्टी–२० खेलमा २१४
रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालका लागि उत्कृष्ट पारि खेलेका आरिफले
सर्वाधिक रन बनाए । ४८ बलको सामना गरेका उनले सात चौका र ६ छक्का प्रहार गर्दै
अविजित ९३ रनको पारि खेले
नवौँ नम्बरमा ब्याटिङमा लागि मैदान आएका
कमलसिंह ऐरीले अविजित सात बलमा दुई चौका र एक छक्कासहित १९ रन जोडे । आरिफसँग
अन्तिममा आठौँ विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए ।
यसबाहेक, पवन सर्राफले १३, राशिद खानले २४, र कप्तान विनोद
भण्डारीले ११ रन जोडेका थिए ।
आयरल्यान्डका फियोन ह्यान्डले सर्वाधिक दुई
विकेट दिँदा गाभिन होइ, म्याथ्यु फोस्टर, ग्यारेथ डेलानी र लियन म्याकार्थीले समान एक ÷एक विकेट लिए ।
यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जित
निकालेको वुल्भ्सले शृंखलाको उपाधि जितिसकेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार