Listen LIVE

काभा महिला भलिबल : आज नेपालले भारतको सामना गर्ने

काठमाण्डौ : सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा शनिबार नेपाल र भारत भिड्दै छन्।

खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा दिउँसो ३ बजे शुरु हुनेछ ।  

नेपालको यो दोस्रो खेल हो। भारत लगातार तेस्रो खेल हो। शुक्रबार भारतले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। 

नेपालले पहिलो खेलमा श्रीलंकालाई २५–१९, २५–१८, २५–१९ ले हराएको थियो। नेपाल र भारतसहित इरान, श्रीलंका र माल्दिभ्स प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिता साउन २३ गतेसम्म चल्नेछ।

प्रतिक्रिया