नेपालगञ्ज : गत जेठ ५ गतेदेखि अवरुद्ध बुद्ध एयरको नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन हुने भएको छ । नेपालगञ्ज–पोखराको नियमित उडान १६ सेप्टेम्बरबाट पुनः सञ्चालनमा आउने भएको बुद्ध एयरले जनाएको छ ।
बुद्ध एयरले भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या न्यून भएको र इन्धन खर्च बढी भएका कारण देखाउँदै गत जेठ ५ गतेबाट पोखरा–नेपालगञ्ज सिधा उडान स्थगन गरेको थियो । एक महिनाका लागि स्थगन गरेको सूचना गरेको बुद्ध एयरले झण्डै साढे तीन महिनापछि उडान सुचारु गरेको हो ।
आइतबार, बुधबार र शुक्रवार गरि हप्ताको तीन उडान राखिएको र बुकिङ्ग खुल्ला गरिएको बुद्ध एअर नेपालगञ्जका प्रमुख विनितविक्रम शाहले जानकारी दिए ।
पर्यटन प्रवद्र्धन र भारतीय यात्रुलाई सहजता हुने उद्देश्यले विसं २०७८ साउन १७ गतेदेखि सातामा तीन दिन नेपालगञ्ज पोखरा उडान हुने गरेको थियो ।
2026-08-18
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार