नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ कोरियनपुरस्थित लक्ष्मी बिजुली भण्डार एण्ड जनरल अर्डर सप्लायर्स र जय हनुमान ट्रेडर्स एण्ड सप्लायर्समा भीषण आगलागी भएको छ । आगलागीबाट करोडौंको क्षति भएको छ । ५ करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । आइतबार बेलुकी करिब ७ बजेको समयमा अमर ओलीले संचालन गर्ने एकै स्थानमा रहेका ती फर्महरुमा विद्युतको तार सर्ट भई आगलागी सुरु भएको बताइएको छ । विजुलीका सामानको गोदाम भएका कारण धेरै क्षति भएको छ ।
बाँके प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी प्रतितसिंह राठौरले नेपालगञ्ज उपमहानगरपालिकाका ३, कोहलपुर नगरपालिकाको १, नरैनापुर गाउँपालिकाको १ र नेपाल आयल निगम राँझाको १ गरी ६ वटा दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो । करिब साढे २ घन्टापछि साढे ९ बजेतिर आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी खटिएका थिए । नजिकै रहेका घरहरुमा आगो सल्किने जोखिमले स्थानीय त्रासमा थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार