Listen LIVE

समस्याग्रस्त चितुवा नियन्त्रणमा

बर्दिया : अथक प्रयासपछि समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले राखेको केजमा चितुवा पसेपछि नियन्त्रणमा आएको हो ।

गत मंगलबार बारबर्दिया नगरपालिका–११ विजयनगरमा धान काटिरहेका बेला स्थानीय किसान ४५ वर्षीया भदुवा थारुलाई आक्रमण गरि घाइते बनाएको थियो ।

शनिबार केजमा नियन्त्रणमा लिएको चितुवा भाले भएको सव डिभिजन वन कार्यालय, बारबर्दियाका वरिष्ठ वन सहायक अधिकृत परशुराम चौधरीले बताए ।

विगत लामो समयदेखि समस्याग्रस्त चितुवाले स्थानीयका बाख्रा, सुंगुर, बंगुर मार्ने गरेको थियो ।

प्रतिक्रिया