काठमाण्डौ : कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबार अधिकांश तरकारी भाउ महँगिएको छ । अघिल्लो दिनको तुलनामा गाजर, बन्दा, भन्टा, बोडी, सिमी, लौका, परवर, घिरौंला लगायत तरकारीको भाउ बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार तिते करेला ५०, परवर ७०र घिरौला ४०, भिण्डी ५०, लौका ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
कालीमाटी बजारमा तने बोडी ७०, घिउ सिमी ८०, टाटे सिमी १२०, हरियो फर्सी ७० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कन्य च्याउ २२०, डल्ले च्याउ ३२०, कुरिलो ४५०, ब्रोकाउली १८० रुपैयाँ प्रतिकिलो छ ।
त्यस्तै ठूलो गोलभेँडा प्रतिकिलो ७०, रातो आलु ७०, प्याज १०५ रुपैयाँ प्रतिकिलो कारोबार भएको छ ।
2024-08-07
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार