Listen LIVE

विश्वकपको फाइनल प्रवेशमा अमेरिका र उत्तर कोरिया आमनेसामने हुने

काठमाण्डौ : २० वर्ष मुनिको महिला विश्वकप फुटबलमा डिफेन्डिङ च्याम्पियन स्पेनलाई पराजित गर्दै जापान सेमिफाइनलमा प्रवेश गरेको छ। 

कोलम्बियामा जारी खेलमा जापानले स्पेनलाई १–० गोलले हराउँदै अन्तिम चारमा स्थान बनायो। यसै गरी गएराति नै भएको खेलमा नेदरल्याण्डले कोलम्बियालाई हराउँदै पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै जापानसँगको भेट पक्का ग¥यो। 

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा दुवै टिमले २–२ को बराबरी खेलेपछि पेनाल्टी भएको थियो। जसमा नेदरल्याण्ड्सले बाजी मा¥यो। 

गएराति नै भएको अर्को खेलमा उत्तर कोरियाको महिला टोलीले ब्राजिललाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। 

यसैगरी अन्तिम समयमा सम्हालिन नसक्दा अमेरिकाले जर्मनीलाई अन्तिम ८ बाटै बिदा गरेको छ।  निर्धारित समयमा २–० को अग्रता बनाएको जर्मनीले थपिएको ८ मिनेटमा दुई गोल खायो। त्यसपछि पेनाल्टी हुँदा अमेरिकाले  बाजी विजयी भयो।

फाइनल प्रवेशका लागि बिहीबार अमेरिका र उत्तर कोरिया तथा नेदरल्याण्ड्स र जापान भिड्नेछन्।

प्रतिक्रिया