बर्दिया : मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र सोसंग सम्बन्धित सामाजिक समस्याहरूलाई सम्बोधन गर्न सामूहिक प्रयासलाई सुदृढ बनाउने उद्देश्यले राजापुर नगरपालिकामा सरोकारवालाहरूसँग सिकाइ, अनुभव आदानप्रदान तथा समन्वय बैठक सम्पन्न भएको छ ।
उक्त बैठक बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत सम्पन्न गरिएको हो ।
राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, शिक्षा निर्देशक टीकानाथ गोसाई, वडा अध्यक्षहरू, इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक -डीएसपी) होमप्रकाश चौधरी, मानव बेचबिखन नियन्त्रणका लागि गठित स्थानीय समितिका सदस्यहरू, सञ्चारकर्मी तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
राजापुर नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख अनिता चौधरीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
बैठकको मुख्य उद्देश्य सुरक्षा परियोजनाको प्रगति तथा उपलब्धिहरूको समीक्षा र अनुभव आदानप्रदान गर्नु, मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण सुदृढीकरणमा परियोजनाले पु¥याएको योगदानको समीक्षा गर्नु, देखिएका चुनौतीहरू पहिचान गर्नु तथा स्थानीय सरकार, विद्यालय, समुदाय, नागरिक समाज र अन्य सरोकारवालाहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउनु रहेको थियो ।
बैठकमा सुरक्षा परियोजनाका संयोजक ईश्वर बीकेले परियोजनाको समग्र प्रगति तथा प्रमुख उपलब्धिहरू प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिमा समुदायमा जनचेतना अभिवृद्धि, बाल संरक्षणका संयन्त्रहरूको सुदृढीकरण, सकारात्मक अभिभावकत्व अभ्यासको प्रवद्र्धन, बालबालिका तथा युवाहरूको सचेतनामूलक गतिविधिमा सहभागिता र मानव बेचबिखन तथा यससँग सम्बन्धित जोखिमहरू रोकथामका लागि सरोकारवालाहरूको परिचालनलगायतका विषय समेटिएका थिए ।
बैठकमा सहभागीहरूल समस्याहरूको प्रभावकारी सम्बोधनका लागि समन्वयात्मक, रोकथाममुखी तथा समुदायमा आधारित पहलहरू आवश्यक रहेकोमा जोड दिएका थिए । विशेषगरी अभिभावक शिक्षा कार्यक्रमलाई सुदृढ बनाउने, उच्च जोखिममा रहेका परिवारहरूको पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउने, समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने, बालबालिकाको विद्यालयमा निरन्तरता सुनिश्चित गर्ने तथा जोखिममा रहेका बालबालिकालाई समयमै संरक्षण र आवश्यक सेवा उपलब्ध गराउने विषयमा जोड दिइएको थियो ।
बैठकमा आफ्ना धारणा राख्दै प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी र शिक्षा निर्देशक टीकानाथ गोसाईले मानव बेचबिखन तथा बाल संरक्षणसम्बन्धी चुनौतीहरूको सम्बोधनमा संस्थागत जिम्मेवारी र समन्वयात्मक कार्यको महत्त्व औँल्याएका थिए ।
समापन मन्तव्य राख्दै राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले सुरक्षा परियोजनामार्फत बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालले पु¥याउँदै आएको योगदानको प्रशंसा गरिन् । उनले मानव बेचबिखन रोकथाम तथा लागुऔषध दुरुपयोग, बालविवाह र विद्यालय छाड्ने समस्याको सम्बोधनका लागि निरन्तर प्रतिबद्धता, साझा जिम्मेवारी र सार्थक सहकार्य आवश्यक रहेको बताइन् ।
बैठकले मानव बेचबिखन रोकथाम तथा बाल संरक्षणका लागि समाजका सबै तहमा सामूहिक जिम्मेवारी, निरन्तर समन्वय र व्यवहारिक कार्य आवश्यक रहेको साझा बुझाइलाई थप सुदृढ बनाएको छ ।
बैठकको अन्त्यमा राजापुर नगरपालिका, बाँके युनेस्को क्लब, प्लान इन्टरनेशनल नेपाल, विद्यालय, वडा कार्यालय तथा समुदायमा आधारित संयन्त्रहरूबीच सहकार्यलाई निरन्तरता दिँदै बाल संरक्षणलाई सुदृढ बनाउने र सुरक्षित, समावेशी तथा बालमैत्री समुदाय निर्माणमा योगदान पु¥याउने साझा प्रतिबद्धता व्यक्त गरिएको थियो ।
सुरक्षा परियोजना प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा कार्यान्वयन भइरहेको छ । परियोजनाले बाल संरक्षण सुदृढीकरण तथा सुरक्षित समुदाय निर्माणका लागि सम्बन्धित सरोकारवालाहरूसँग सहकार्य गर्दै आएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार