पाल्पा : तानसेन नगरपालिका–११ मा ड्रागनफ्रुटको व्यावसायिक खेती सुरु गरेकी जुनकला रानाले वार्षिक चार पटक फलेको फल बेचेर मनग्य आम्दानी गर्न पाउँदा खुशी भएकी छन् ।
एक लाख पचास हजारको लगानी गरेर ड्रागनफ्रुटको व्यवसाय सुरु गरेको रानाले युट्युब हेरेर ड्रागनफ्रुट खेती सुरु गरिएको बताइन् । उनले दाङबाट प्रतिबोट ३ सयका दरले ड्रागनफ्रुटको बिरुवा बन्दीपोखरा ल्याएको बताइन् ।
रानाका अनुसार ‘प्रतिकिलो चारसय रुपैयाँमा घरबाट बिक्री हुने गरेको छ’ उनले भनिन, ‘दैनिकजसो जिल्लाका धेरै ठाउँबाट माग गरिरहन्छन्, अर्को वर्षदेखि हामीसँग पर्याप्त उत्पादन र आम्दानी हुनेछ’ परम्परागत कृषि गर्दा बाँदर तथा अन्य जनावरबाट जोगाउन समस्या भएपछि ड्रागनफ्रुटलाई रोजेको रानाको भनाइ छ ।
आफ नै व्यक्तिगत लगानीमा सुरु गरेको व्यवसायलाई अब बिस्तार गर्दै लैजाने सोचमा रहेका जुनकलाले वडामा अनुदान पाउने कुराले खुशी भएको बताए । उनले कृषकका लागि वडा ११ ले ल्याएको योजना देख्दा खुशी व्यक्त गरिन् ।
वडा अध्यक्ष यादवसिंह कार्कीले तानसेन नगरपालिका ११ लाई ७८ लाख ४० हजार बजेट विनियोजन भएको बताए । कार्कीले पहाडी समुदाय र गाउँमा आर्थिक आम्दानीको मुख्य स्रोत नै कृषि भएकाले वडाले कृषिलाई प्राथमिकतामा राखेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार