नेपालगञ्ज : बाँकेको कोहलपुरका साहित्यकार सागर गैरेको नयाँ नियात्रा सङ्ग्रह 'एउटा अल्बाट्रस : प्रशान्त महासागरदेखि कालासागरसम्म' को कोहलपुरमा विमोचन गरिएको छ ।
करिब तीन साताअघि काठमाडौँमा सार्वजनिक गरिएको कृतिलाई यसपटक गृहनगरका साहित्यकार, कवि, लेखक तथा सञ्चारकर्मीबीच विशेष समारोहका साथ विमोचन गरिएको हो । विमोचनका साथै कृतिमाथि समीक्षात्मक बहस र कृतिकारसँग प्रत्यक्ष परिसंवादसमेत आयोजना गरिएको थियो ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा कृतिको गृह विमोचन प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजाल, प्राज्ञसभा सदस्य महानन्द ढकाल, साहित्यकार भरत रानाभाट, कवि बीपी अस्तु र कृतिकारकी जीवनसंगिनी यशोदा गैरेले संयुक्तरूपमा गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष डा. रिजालका अनुसार यो साहित्यकार गैरेको चौथो साहित्यिक कृति हो । यसमा भारतको गोवा, मलेसिया, भियतनाम, फिलिपिन्स र जर्जियाको यात्राका अनुभूति समेटिएका छन् । साहित्यका विभिन्न विधामा सक्रिय गैरेको यसअघि …बलैगाउँदेखि बाकुसम्मÚ नियात्रा सङ्ग्रह, …लकडाउनÚ आत्मपरक निबन्ध सङ्ग्रह तथा गत वर्ष प्रकाशित …मोहरÚ उपन्यास सार्वजनिक भइसकेका छन् ।
कार्यक्रमको प्रमुख आकर्षण कृतिमाथिको समीक्षा र कृतिकारसँगको परिसंवाद बन्यो। लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा नियात्राकार भरत रानाभाटले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै गैरेका नियात्रामा अनुभूतिको तीव्रता, यथार्थ र कल्पनाको सन्तुलित संयोजन भेटिने बताए । सो अवसरमा गरिएको संवादका क्रममा साहित्यकार गैरेले आफ्नो कृतिको विषयवस्तु, रचनागर्भ, यात्राका परिवेश तथा विभिन्न देशमा भेटिएका ऐतिहासिक, सामाजिक र सांस्कृतिक पक्षबारे विस्तारमा अनुभव सुनाए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार