हुम्ला : मानसरोवर कैलाशको दर्शनका लागि हिल्साबाट चीनको पुराङ काउन्टीको ताक्लाकोटतर्फ जाने धार्मिक पर्यटकले हिल्सामा सास्ती खेप्नु परेको छ । नेपाली क्षेत्रबाट चीनतर्फ जाने अन्तिमद्वारमा सशस्त्र प्रहरीले चेकिङ गर्ने व्रmममा बस्नका लागि कुनै व्यवस्था नहुँदा पर्यटकले समस्या भोग्नु परेको हो ।
पर्यटन व्यवसायी अनिश आलेमगरले पर्यटक नेपालबाट चीनतर्फ निस्कने मुख्य प्रवेशद्वारमा अन्तिम जाँच गर्नुपर्ने समयमा पर्यटकलाई बस्नका लागि कुनै व्यवस्था नहुँदा घण्टौँसम्म पालो कुरेर बस्नुपर्ने अवस्थाले पर्यटकले सास्ती खेपिरहेको बताए । व्यवस्थापन पक्ष राम्रो गरेर पर्यटकलाई खुसी पारेर सकारात्मक सन्देश दिनुपर्नेमा घण्टौँ लाइनमा राखेर जाँच गर्दा त्यसबाट नकारात्मक सन्देश जाने उनले जनाए । स्थानीय तहले पर्यटकबाट शुल्क उठाउने तर अस्थायी आराम गर्ने संरचना बनाउन नसकेपछि यसबाट पर्यटकमा राम्रो सन्देश नजाने भएका कारण कम्तीमा पनि जाँच गर्ने समयमा बस्नका लागि बेन्चको व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ छ ।
सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्टले लाइनमा बसेर जाँच गराइरहेका पर्यटकको पीडा देखेर दुःख लाग्ने गरेको बताउँदै त्यसका लागि जाँच गर्ने विन्दुमा पर्यटक बस्ने व्यवस्था गर्नका लागि गाउँपालिकालाई आग्रह गरे । हिल्साबाट ताक्लाकोट भएर मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकको सङ्ख्या वृद्धि भइरहेको भएपनि आफूहरू ती पर्यटकलाई घण्टौँ लाइनमा बसालेर जाँच गर्नुपर्ने बाध्यता रहेको उनले बताए । कतिपय पर्यटक ६० वर्षभन्दा माथिका पनि हुने भएकाले वृद्धवृद्धाको सम्मानका लागि पनि जाँच गर्ने समयमा केही न केही व्यवस्था गर्र्नैपर्ने भएको उनले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार