नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ ।
नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार संकलन गरिएका पशुचौपायामध्ये गाई, बाच्छाबाछी, साँढे र गोरु गरी ३३ वटा रहेका छन् भने घोडा, घोडी र बछेरा ८ वटा रहेका छन् । आज कुल ४३ पशुचौपायालाई नियन्त्रणमा लिएर व्यवस्थित गरिएको हो ।
उपमहानगरपालिकाले सडक सुरक्षासँगै दुर्घटना न्यूनीकरण र सहरी व्यवस्थापनलाई ध्यानमा राख्दै छाडा पशुचौपाया नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ । साथै, पशुधनीलाई आफ्ना पशु खुला रुपमा नछोड्न समेत आग्रह गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार