Listen LIVE

भोटेकोसी बाढीमा बेपत्ता श्यामबहादुरको परिवारलाई सहयोग

नेपालगञ्ज : भोटेकोसीमा आएको बाढीमा बेपत्ता भएका राप्ती सोनारी–१ खोकरीका श्यामबहादुर चौधरीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । राप्ती सोनारी–१ बाँके र दाङ, राजपुरका स्थानीय बासिन्दा एवम् बैदेशिक रोजगारीमा रहेका नेपालीले उक्त सहयोग गरेका हुन् ।

विभिन्न ब्यक्तीले संकलन गरेका ४१ हजार ४५ रुपैयाँ सहयोग रकम बेपत्ता श्यामबहादुरकी श्रीमती कमला चौधरीलाई नगद हस्तान्तरण गरिएको हो । संकलित रकमलाई राप्ती सोनारी–१ का स्थानीय अगुवा प्रताप शाह, भेदबहादुर डाँगी र बुद्धप्रसाद खत्रीले हस्तान्तरण गरेका थिए । सो क्रममा पीडित कमलाले घरमै आएर सहयोग गरेकोमा धन्यवाद दिएकी थिइन् ।

गत भदौं १० गते भोटेकोसी नदीमा आएको बाढीमा परेर मजदुरीका लागि रसुवा पुगेका श्यामबहादुर बेपत्ता भएका थिए । उनको खोजीका लागि परिवारका सदस्यहरु चितवनसहित विभिन्न स्थानमा पुगेका थिए । तरपनि, श्यामबहादुरको अवस्था पत्ता लागेको थिएन । परिवारका सदस्यले धार्मिक संस्कार अनुसार श्यामबहादुरको काज किरिया गरिसकेका छन् ।

प्रतिक्रिया