Listen LIVE

एएफसी यू–१७ एसियन कप छनोट : जापानसँग नेपाल ९–२ ले पराजित

काठमाण्डौ : एएफसीको यू–१७ एसियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपाल जापानसँग ९–२ को पराकिलो अन्तरले पराजित भएको छ ।

समूह एफ अन्तर्गत कतारको दोहजस्थित एस्पाइर एकेडेमी पिचमा बुधबार राट्टी भएको खेलमा नेपालले सुरुवाती अग्रता लिएको थियो । तर, जापानले पुनरागमन गर्दै गोलको वर्षा गर्यो ।

नेपालका लागि सबिन कुमारले १२औं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तरऽ जापानका लागि १७औं मिनेटमा दाइची तानीले बराबरी गोल फर्काए । दाइचीले ३८औं र ४३औं मिनेटमा गोल गर्दै पहिलो हाफमै ह्याट्रिक पूरा गरे । यस्तै हिरोतो असादाले १९औं र पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गरे ।

दाइचीले ६१औं मिनेटमा व्यक्तिगत चौथो गोल गरे । असदाले पनि ६४औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे ।

मिबुकी कासाईले ७३औं र काइजी चवनानले ७७औं मिनेटमा गोल थपे । नेपालका लागि विज्ञान खड्काले खेल सकिन दुई मिनेट अघि गोल फर्काएका थिए ।

समूह एफकै अर्को खेलमा कतारले मंगोलियालाई २–० ले हरायो । अब नेपालले आफ्नो दोस्रो खेल शुक्रबार घरेलु टोली कतारसँग खेल्नेछ ।

प्रतिक्रिया