काठमाण्डौ : कालीमाटी बजारमा शुक्रबार गोलभेँडा सस्तिएको छ । अघिल्लो दिनको तुलनामा ठूलो गोलभेँडा १५ तथा सानो गोलभेँडा १४ प्रतिशतले घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । ठूलो नेपाली गोलभेँडा कालीमाटीमा अधिकतम ६० रुपैयाँ तथा सानो गोलभेँडा अधिकतम २६ रुपैयाँ किलोमा कारोबार भएको छ ।
समितिका अनुसार प्याज केही महँगिएको छ । अघिल्लो दिन प्रतिकिलो अधिकतम १३० रुपैयाँ रहेको प्याज (भारतीय) आज १३५ रुपैयाँ पुगेको छ । चाइनिज प्याज किलोको १२५ रुपैयाँ छ ।
गाजर, मुला, टाटे सिमी, घिरौंला, चिचिण्डो लगायत तरकारीको भाउ अघिल्लो दिनकै बराबर छ । कालीमाटीमा रातो आलु प्रतिकिलो ७०, बन्दा ७०, गाजर १००, स्थानीय काउली ११०, सेतो मुला २०, लाम्चो भन्टा ५०, डल्लो भन्टा ६०, तने बोडी १००, मकै बोडी ८०, टाटे सिमी १३०, तिते करेला ७०, लौका ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
परवर ५०, घिरौंला ५०, भिण्डी ४०, स्कुस ३० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । त्यस्तै कन्य च्याउ २२०, डल्ले च्याउ ४५०, कुरिलो ४५०, न्युरो ९० तथा ब्रोकाउली २०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार