Listen LIVE

एन्फाले उत्कृष्ट खेलाडीलाई कार दिने

काठमाण्डौ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले  वर्षको उत्कृष्ट महिला तथा पुरुष फुटबल खेलाडीले उपहार स्वरुप कार प्राप्त गर्ने भएको छ।

एन्फाको मंगलरबार र बिहीबार बसेको बैठकले वर्षमा समान एक महिला र एक पुरुष खेलाडीलाई प्रात्साहन स्वरुप कार दिने निर्णय गरेको हो।

यसैगरी बैठकले उत्कृष्ट रेफ्री र प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ र मोटरसाइक, लाइफ टाइम एचिमभेन्ट अवार्ड स्वरुप ५ लाख रुपैयाँ र मोटरसाइकलरस्कुटर प्रदान गर्ने निर्णय गरेको छ।

एन्फाले उत्कृष्ट खेलाडी, रेफ्री तथा प्रशिक्षक छनोटका लागि पुरुषोत्तम थापाको संयोजकत्वमा  हरि थापा र  सञ्जिव मिश्र सदस्य रहनेगरी समिति गठन गरेको छ।

यसैगरी एन्फा महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर पुर्याउने, राष्ट्रिय टोलीका खेलाडीलाई मासिक ३० हजार रुपैयाँ दिने, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण नगर्ने, रशरथ रंगशालामा कृतिम घाँस रोप्न, एन्फा मुख्यालय मैदानको कृतिम मैदानलाई सुधार गर्न, विभिन्न रंगशालामा कृतिम घाँस रोप्न बजेट छुट्टाउनका लागि प्रस्ताव पेश गर्ने, विभिन्न प्रतियोगिताका लागि बजेट छुट्टाउनेलगायतका निर्णय गरेको छ।

प्रतिक्रिया