Listen LIVE

खाद्य व्यवस्थाद्वारा बाँकेमा धानको मूल्य निर्धारण

नेपालगञ्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका किसानबाट धान खरिदका लागि मूल्य निर्धारण गरेको छ । 

प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङको अध्यक्षतामा मङ्गलबार बसेको प्राथमिक खरिद समितिको बैठकले मोटा धान प्रति क्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धान प्रति क्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसामा खरिद गर्ने गरि मुल्य निर्धारण गरेको हो । 

खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले बाँकेका प्रमुख रामशरण लामिछानेले मूल्य निर्धारणको काम गरिएपनि आन्तरिक तयारी गरि आईतबारबाट मात्रै किसानबाट धान खरिद शुरु गरिने जानकारी दिए । 

कार्यालय प्रमुख लामिछानेले भने, “गोदाम व्यवस्थापन लगायतका अन्य प्राविधिक काम सकेर किसानबाट धान खरिद गर्नेछौं ।” बैठकमा प्रमुख जिल्ला अधिकारी तामाङले किसानले बजारमा सरकारी मुल्य भन्दा कममा धान बिक्रि गरिरहेको भन्दै छिटो धान खरिद थाल्न निर्देशन दिए । 

बाँकेमा यस वर्ष मोटा धान १५ हजार क्विन्टल र मध्यम धान ५ हजार क्विन्टल किसानबाट खरिद गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया