सल्यान : व्यावसायिक रूपमा बाख्रापालन हुन थालेपछि सल्यानबाट खसीबोका निकासी हुने क्रम बढेको छ । गत आर्थिक वर्ष मात्रै सल्यानबाट ७२ करोड रुपियाँभन्दा बढीको खसीबोका निकासी भएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार खसीबोकाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले बाख्रापालनलाई व्यावसायिक रूपमा अँगाल्न थालेका छन् ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतका अनुसार यहाँका किसानले दर्तावाल फर्मलाई ५९ करोड ६० लाखको खसीबोका बिक्री गरेका छन् । उनका अनुसार दर्ता नभएका स्थानीय व्यापारीमार्फत १३ करोडभन्दा बढीका खसीबोका निकासी भएको छ ।
आर्थिक वर्ष २०७९/८० मा कार्यालयको तथ्याङ्कमा ५९ करोड ५३ लाखको खसीबोका निकासी भएकोमा आव २०८०/८१ मा खसीबोका निकासीको दर बढेको उनको भनाइ छ । व्यावसायिक बाख्रापालनका लागि कृषकलाई आकर्षित गर्न बाख्रा वितरण, उन्नत जातका बोका खरिद, खोर निर्माणलगायतका कार्यक्रम सञ्चालन गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयकी शर्मिला बुढाथोकीले बताइन् । सल्यानमा पालिएको खसीबोका काठमाडौँ, पोखरा, धनगढीलगायतका प्रमुख सहरमा बढी माग हुने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार