Listen LIVE

हारबाट जोगियो युनाइटेड

काठमाण्डौ : युरोपा लिग फुटबलमा एफसी पोर्टो र म्यानचेष्टर युनाइटेडले ३–३ को बराबरी खेलेका छन्।

बिहीबार राति भएको खलमा युनाइटेडले २–० को अग्रता जोगाउन सकेन। कप्तान ब्रुनो फर्नान्डेजले ८१औं मिनेटमा रातो कार्ड पाउँदा युनाइटेड १० खेलाडीमा सिमित बन्यो।

युनाइटेडले युरोपा लिगमा खेलेको दुबै खेलमा अंक बाँडेको छ।  लगातार खराब प्रदर्शनपछि टोलीको निकै आलोचना पनि भइरहेको छ। टोलीको प्रदर्शन प्रियिमर लिगमा पनि सन्तोषजनक छैन।

युनाइटेडको  लागि मार्कोस रसफोर्ड र रास्मस होजुउड र ह्यारी म्यागुइरले गोल गरेका थिए। पोर्टोका लागि सामुएल ओमोरोडिअनले ह्याट्रिक पूरा गरेका  थिए।

प्रतिक्रिया