Listen LIVE

बिदेशबाट फर्केर कृषि कार्यमा जमेका वली

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका ९ ढकेरीका किसान गोकुलबहादुर वली विदेशबाट फर्केर आफ्नै ठाउँमा भैंसीपालन गरी राम्रो आम्दानी गरिरहेहा छन् ।  

कोरोनाकालमा उनी विदेशमा थिए । त्यहाँ उनको जीवन सहज थिएन । अहिले उनको जीवन पहिलेभन्दा फरक छ । विदेशमा रहँदा पाएको दुःख भैंसीको दुध बेचेर आउने पैसाले मेटाइदिएको उनको बुझाइ छ । विदेशी कम्पनीमा काम गर्दा पाएको दुःख स्वदेशमा गर्दा पैसा र आराम दुबै मिलेको उनले बताए । 

अहिले घरपरिवार र छोराछोरीसँगे वली रमाएका छन् । वलिको सिको गर्दै गाउँमा अन्य युवाहरुले पनि कृषि कर्ममा समय बिताउन थालेका छन् । बाँझो बारी राखेर विदेश जाने युवाहरु खेतबारीमा रमाउन थाले पनि यसको सकारात्मक प्रभाव परेको बाँकेको राप्तीसोनारी गाउँपालिका ९ स्थित श्री जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष भागिरथी खड्काले बताइन् । 

उनले भनिन, “किसानहरुलाई आवश्यक पर्ने सहयोग सहकारीमार्फत उपलब्ध गराएपछि  किसानहरु खुसी भएका छन् । 

बाँकेको डुडुवा गाउँपालिका वडा ४ स्थित उचेमसाहाका किसान नयन खानसँग पनि विगतमा विदेशमा काम गर्दाको नमिठो अनुभव छ । अहिले उहाँको जीवन सहज बनेको छ । 

विदेशमा गर्ने दुःख भन्दा स्वदेशमै गर्ने दुःखमा उनी धेरै नै सन्तुष्ट छन् । यसरी अगाडि बढेका किसानलाई सहकारीले पनि राम्रो सहयोग गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुले व्यावसायिक कृषिबाट सफल हुँदै गएको स्थानीयको बुझाइ छ ।

यस्तै, बैजनाथ गाउँपालिका वडा २ मकैबारीस्थित साना किसान सहकारी संस्था लिमिटेडका सञ्चालक मानवहादुर रोकायले ऋण सहुलियत लगायत आएका सेवाहरु प्रवाह गर्ने गरेको बताए ।

प्रतिक्रिया