Listen LIVE

चौथो खेलमा पनि अपराजित रहने पुलिसको लक्ष्य

काठमाण्डौ : माल्दिभ्समा जारी काभा महिला क्लब च्याम्पियनसिपमा अपराजित नेपाल पुलिस क्लबले आज चौथो खेल खेल्दैछ।

पुलिसले आज माल्दिभ्सको क्लब वाम्कोसँग खेल्न लागेको हो। खेल नेपाली समय अनुसार राति ९ बजे सुरु हुनेछ।  पुलिसले आजको खेल पनि जितेर अपराजित यात्रा कायमै राख्ने दाउमा छ।

मालेमा भएको खेलमा मंगलबार भएको खेलमा पुलिसले ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

जितसँगै ३ खेलबाट ९ अंक जोडेको पुलिसले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब र श्रीलंकाको श्रीलंका वायु सेना दुवै टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।

नेपाल अपराजित रहँदै ९ अंकका साथ शीर्षमा रहँदा उज्वेकिस्तानको हुमो ६ अंकका साथ दोस्रो स्थानमा छ। यसैगरी माल्दिभ्सको क्लब हुमोको ६ अंक रहेको छ।

प्रतियोगितामा माल्दिभ्सका २ टीमसहित ६ टोलीको सहभागीता रहेको छ।

प्रतिक्रिया