नेपालगञ्ज : नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको तेस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट डिल्लिराज रेग्मीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा झविलाल शर्मा, महासचिवमा भागीराम वली, सचिवमा रेशम बहादुर खत्री, कोषाध्यक्षमा कुमार चाल्स श्रेष्ठ र सह–कोषाध्यक्षमा लवराज प्रधान चयन भएका छन् ।
त्यसैगरी सदस्यमा अल्पना गुप्ता, कुल बहादुर केसी, शम्भु कुमार बुढाथोकी, हरिप्रसाद शर्मा र कुशल दलामी रहेका छन ।
साधारण सभा तथा अधिवेशनको कोहलुर नगरपालिका कार्यबाहक नगर प्रमुख संगिता सुवेदीले उदघाटन गरेकी थिईन् । नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा सम्पन्न भएको साधारणसभा तथा अधिवेशनमा संस्थाको बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । साथै साधारणसभाबाट आ.व. २०८२–०८३ को लागि बार्षिक योजना तथा अनुमानित बजेट अनुमोदन भएको संस्थाका नवनिर्मित महासचिव भागीराम वलीले जानकारी दिए ।