Listen LIVE

राप्तीसोनारीका प्रमुख प्रशासकीय अधिकृत खरालको सरुवा

राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खरालको सरुवा भएको छ । उनको युवा, श्रम तथा रोजगार मन्त्रायलमा सरुवा भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत खरालले करिव ९ महिनासम्म राप्ती सोनारी गाउँपालिका कार्यालयको काम सम्हालेका थिए । कार्यालयमा कार्यरत रहँदासम्म विवाद रहित ढंगले काम गरेको जनप्रतिनिधि तथा कर्मचारी बताउँछन् । खराललाई गाउँपालिका कार्यालयले औपचारिक रुपमा विदाई गरेको छ । 

विदाई कार्यक्रममा गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषासिंह थारु, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया