Listen LIVE

घरेलु मैदानमा एसी मिलानसँग रियाल पराजित

काठमाण्डौ : युरोपेली च्याम्पियन्स लिगमा रियाल मड्रिड पराजित भएको छ। रियालकै सान्टियागो बर्नाबेउमा गएराति सम्पन्न भएको खेलमा रियल पाहुना टिम एसी मिलानसँग ३–१ ले पराजित भएको हो।

रियालको लागि पेनाल्टीमा प्राप्त अवसरमा भिनिसियस जुनियरले गोल गरेको भए पनि त्यो रियाललाई जित दिलाउन पर्याप्त बन्न सकेन। 

खेलको १२ औं मिनेटमा क्रिस्चियन पुलिसिचका पासमा मालिक जउले खेलमा अग्रता बनाएका थिए। २३ औं मिनेटमा भिनिसियसले बराबरी गोल फर्काएको भएपनि मिलानले पहिलो हाफमै अग्रता बनायो। उसका लागि अल्भारो मोराटाले ३९ औं मिनेटमा गोल गरे।  दोस्रो हाफको ७३ औं मिनेटमा तियानी रेन्दर्सले गोल गरेपछि मिलानले जित निश्चित गरेको हो। खेलको ८५ औं मिनेटमा रियलको गोल भिएआरले मान्यता दिएन। 

यससँगै मिलानले लगातार तीन पराजयपछि रियललाई हराएको हो। त्यति मात्र होइन रियल सन् २००९ यता पहिलो घरेलु मैदानमा लगातार तीन गोलभन्दा धेरै ब्यहोरेर पराजित भएको छ।

कार्लो एन्सोलोटीले पहिलो पटक यसरी घरेलु मैदानमा हार ब्यहोरेका हुन्।

प्रतिक्रिया