Listen LIVE

पाकिस्तानबाट ६ हजार अफगान शरणार्थीहरू स्वदेश फिर्ता

एजेन्सी : एकै दिनमा कम्तीमा ६ हजार १ सय ४८ अफगान शरणार्थीहरू छिमेकी पाकिस्तानबाट अफगानिस्तान फर्किएका छन्।

अफगानिस्तानको फिर्ता हुनेहरूको समस्या सम्बोधन गर्ने उच्च आयोगले रिपोर्ट गरेअनुसार ६ हजार १४८ शरणार्थीहरू स्वदेश फर्किएका हुन्।

ती शरणार्थीहरू पूर्वी नान्गाहार प्रान्तको तोर्खाम सीमा नाका र दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डाक सीमा नाकाबाट स्वदेश भित्रिएको आयोगले जनाएको छ। आयोगकाअनुसार उनीहरूलाई आगमन बिन्दुमै आवश्यक सरकारी सहयोग उपलब्ध गराइएको थियो। सोही दिन ४७१ अफगान शरणार्थीहरू छिमेकी देश इरानबाट पनि फर्किएका थिए।

रिपोर्टअनुसार सन् २०२५ मा मात्रै करिब २८ लाख अफगान शरणार्थीहरू स्वदेश फर्किसकेका छन्। विगत दशकौंदेखिको विस्थापनपछि अझै पनि ६० लाखभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तान र इरानमा बसोबास गरिरहेका छन्। दुवै आयोजक देशहरूले कागजात नभएका अफगानहरूलाई स्वदेश फर्कन आग्रह गरिरहेका छन्।

प्रतिक्रिया