Listen LIVE

महिला युरो कप खेल्ने ८ टोलीको टुंगो लाग्यो

काठमाण्डौ : महिला युरो कपको क्वाटरफाइनलको समीकरण पूरा भएको छ। 

समूह चरणका खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने आठ टिमको टुंगो लागेको हो। जस अनुसार समूह ए बाट नर्वे र स्वीजरल्याण्ड, समूह बी बाट स्पेन र इटाली, समूह सी बाट स्विडेन र जर्मनी तथा समूह डी बाट फ्रान्स र इङल्याण्ड अन्तिम आठमा स्थान बनाए। 

अब क्वाटरफाइनलमा स्विडेन र इङल्याण्ड, नर्वे र इटाली, फ्रान्स र जर्मनी तथा स्पेन र स्वीजरल्याण्ड भिड्ने भएका छन्। 

क्वाटरफाइनलका खेलहरु बुधबारदेखि शुरु हुने छन्।  स्वीजरल्याण्डमा जुलाई २ देखि शुरु भएको महिला युरो कपको फाइनल २७ जुलाईमा हुनेछ। यस प्रतियोगितामा कुल १६ देशले भाग लिएका थिए।

प्रतिक्रिया