Listen LIVE

अञ्जिलाले युरोपियन लिग खेल्ने, ग्रिसको अट्रोमिटौ क्लबसँग सम्झौता

काठमाण्डौ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छिन्।

अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४÷ ०२५ को लागि सम्झौता गरेपछि युरोपियन लिग खेल्ने भएकी हुन्। 

पहिलो पटक एसिया बाहिर खेल्न लागेकी उनको सम्झौता रकम भने गोप्य राखिएको छ।

अञ्जिलाले युरोपियन क्लबबाट खेल्न पाउँदा खुसी लागेको बताएकी छिन्। ‘पहिलो पटक युरोपियन लिग खेल्न पाउँदा खुशी छु ’ अञ्जिलाले भनिन्, ‘हरेक खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ। दुई वर्षदेख लगातार प्रयासमा थिए। अहिले त्यो पूरा हुने भएको छ। लिग खेल्ने उत्साहित छु।’ विभागीय टोली एपिएफ क्लबमा आबद्ध अञ्जिला युरोपको लिग खेल्ने दोस्रो खेलाडी बनेकी छिन्। 

अञ्जिला अगाडि स्ट्राइकर सावित्रा भण्डारीले युरोपमा खेलेकी छन्। इजारयली लिगको अनुभव लिइसकेकी सावित्रा हाल फ्रेञ्च लिगमा आबद्ध छिन्।

ग्रिस क्लब निस अट्रोमिटौ पछिल्लो सिजन २६ खेल खेल्दा ९ जित, ६ बराबर र ११ हारको नतिजासहित नवौँ स्थानमा थियो ।

यसअघि अञ्जिलाले भारतीय र पाकिस्तानी लिग खेलेकी थिइन्। उनले भारत सेथु एफसीमा दुई र पाकिस्तानको मासा युनाइटेमा एक सिजन बिताइन्।

अञ्जिला दुवै टोलीको कप्तान थिइन्।

प्रतिक्रिया