Listen LIVE

हर्षोल्लासपूर्वक नयाँ वर्ष मनाइँदै

काठमाण्डौ : समयको गतिसँगै २०८२ सालको बिदाइपछि नयाँ वर्ष २०८३ सालको आगमन भएको छ । वर्षको पहिलो महिनाको पहिलो दिन वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाइन्छ । साथीभाइ तथा आफन्तजनसँग भेटघाट गरेर नयाँ वर्ष मनाउने चलन छ ।

संस्कृतिविद् गोविन्द टण्डनले नयाँ वर्ष भन्नेबित्तिकै नयाँ जोश, नयाँ सोच र नयाँ उमङ्ग थपिनु स्वाभाविक भएको बताए । त्यसमाथि मानिस आशावादी हुन्छ । आशाले भविष्य निर्माणलाई सघाउन मद्दत गर्छ । उनका अनुसार 'नेपालीमा जुन किसिमले परिवर्तन आइरहेको छ, त्यसमा युवापुस्ताले आफ्नोपनलाई बिर्सेका छन् ।'  

नयाँ वर्षका दिन उपत्यकामा विभिन्न जात्रा एवं पर्व मनाइन्छ । बालाजु बाइसधारामा स्नान गरी नागार्जुनको डाँडास्थित जामाचो बौद्ध स्तूपको दर्शन, विष्णुमती नदीको मुहान सपनतीर्थ स्नान गरिन्छ । त्यस्तै भक्तपुरको बिस्काः जात्रा तथा थिमिको जिब्रो छेड्ने, सिन्दूर जात्रा आदि नयाँ वर्ष फेरिने परम्परासँगै सम्बन्धित छन् । यसरी नेपालीको नयाँ वर्षका रूपमा प्रचलित मेष सङ्क्रान्ति अर्थात् वैशाख सङ्क्रान्तिलाई हर्षोल्लासपूर्वक मनाइन्छ ।

प्रतिक्रिया