Listen LIVE

एसियाली बक्सिङको सेमिफाइनलमा पुगे अर्पिल र रजत

काठमाण्डौ : नेपाली खेलाडी अर्पिल राणा भुटानी बक्शर किन्ले फुन्त्शोलाई ४–१ ले पराजित गर्दै कास्य पदक जितेर सेमिफाइनलमा प्रवेश गरेका छन्। 

थाइल्याण्डको बैंककमा भएको एसियाली बक्सिङ यू– १९ र यू९२२ मा अर्पिलले  क्वार्टरफाइनलमा साउदी अरेबियाका बक्सर इब्राहिम अल्जोनीलाई ५–० ले हराएकी थिइन्। 

५० केजी तौल समूहमा अर्पिल  अब ६ अगष्टमा जापानी बक्सर शोदाइ कोटोसँग सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछिन् । यो प्रतिष्पर्धा स्वर्ण र रजत पदकका लागि हो।

प्रतिक्रिया