Listen LIVE

नेपालगञ्ज उपमहानगरपालिकामा आज शोक विदा

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाभर आज शोक बिदा दिइएको छ । वडा नं. १४ का वडा सदस्य रोकेश कुमार भाटको सोमबार भएको असामयिक निधनप्रति उपमहानगरपालिकाले एक दिनका लागि सेवा बन्द गरेको छ ।

नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचना अनुसार, भाटको निधनप्रति गहिरो समवेदना प्रकट गर्दै कार्यालय र अन्तर्गतका २३ वटै वडा कार्यालयबाट प्रदान गरिँदै आएका अत्यावश्यक बाहेकका सबै सेवाहरू आज बन्द रहने जनाइएको छ । 

उपमहानगरपालिकाले यस निर्णयबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ । साथै, दिवंगत भाटप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।

प्रतिक्रिया