गुल्मी : गुल्मीमा पछिल्लो समय कृषि तथा पशुपालनमा युवाहरूको आकर्षण बढिरहेको छ । वैदेशिक रोजगारबाट फर्किएर युवाहरूले गाउँमै कृषि उद्यम गरिरहेका छन् । उनीहरूले विदेशमा भन्दा पनि बढी आम्दानी पनि गरिरहेका छन् ।
धुर्कोट गाउँपालिका–१ नयाँ गाउँका चन्द्र ताम्राकारले १७ वर्षसम्म विदेशी भूमिमा पसिना बगाए । १७ वर्षसम्म विदेशमा पसिना बगाएर आर्थिक आर्जन गरे । उनी अहिले गाउँ फर्किएर बाझिएको जग्गामा खुर्सानी खेतीसँगै बाख्रापालन व्यवसाय सुरु गरेका छन् । यहाँको हावापानीसँगै बजारीकरणको राम्रो सम्भावना भएको हुँदा २० रोपनी जग्गामा अकबरे खुर्सानीको खेती सुरु गरेको उनको भनाइ छ ।
प्रतिकेजी २५० रुपैयाँको दरले घरबाटै खुर्सानी बिक्री हुने र वार्षिक १५ लाख आम्दानी हुने ताम्राकार बताउँछन् । उनको फर्मबाट अहिले तीन जनाले स्थायी रुपमा रोजगार पाएका छन् भने आवश्यकता अनुसार अन्य स्थानीयले पनि रोजगार पाएका छन् ।
राज्यको सेवा सुविधाबाट बञ्चित भएका नव कृषि उद्यमीलाई कृषि ज्ञान केन्द्र गुल्मीले खोजी खोजी राहत र अनुदान दिने गरेको कार्यालय प्रमुख नवराज भण्डारी बताउँछन् ।
धुर्कोट गाउँपालिकाले पनि किसानलाई उसको माग अनुसार सहयोग गरिरहेको अध्यक्ष भुपाल पोखरेलको भनाई छ । उनले बजारीकरणको लागी गाउँपालिकाले सहयोग गर्ने बताए ।
एउटा अकबरे खुर्सानीको बोटले तीन वर्षसम्म उत्पादन दिने गर्दछ । वन्यजन्तुले नोक्सानी नपुराउने, लगानी कम र आम्दानी धेरै अकबरे खुर्सानीमा हुने उनको अनुभव छ । विदेशमा कमाएको सीप धन आफ्नै माटोमा प्रयोग गर्न अन्य युवालाई उनी सुझाउँछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार