काठमाण्डौ : साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ।
खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ। यसअघि आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो।
प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन्। डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।
नेपालले आउँदो आगामी बधुबार बङ्गलादेशसँग, शुक्रवार भारतसँग र भदौ १५ गते आइतबार भूटानसँग खेल्ने छ।
2025-08-24
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार