दैलेख : प्राविधिकको त्रुटिका कारण महावु गाउँपालिकामा निर्माणाधीन दश शय्या अस्पतालको भवनको ढलान भत्काइएको छ । दश शय्याको अस्पताल भवनको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र स्टेटमेन्ट सेकेन्डरी बिम उल्लेख गरिएको भएपनि ड्रइङ (रेखाचित्र) मा सेकेन्डरी बिम नराखेको र निर्माण कम्पनीले सेकेन्डरी बिम निर्माण नगरी भवन निर्माण गर्दा ढलान चर्किएपछि उक्त ढलान भत्काएर नयाँ निर्माण गर्न लागिएको छ ।
अस्पताल भवनको निर्माणका जिम्मा पाएको मजदुर न्यौपाने जेभिका प्रोप्राइटर भक्ति प्रसाद न्यौपाने प्राविधिकको सानो त्रुटिका कारण ढलान भत्काएर पुन निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले भवन निर्माण गर्दा सेकेन्डरी बिम छुटेको र त्यसको (भेरीफिकेन) गर्न गाउँपालिकाले नमानेका कारण आफूहरूले निर्माण गर्दा भवन चर्किएर चुहिने भएपछि भत्काएर पुन निर्माण गर्न लागिएको बताए । उनले भने, “गाउँपालिकाले दिएको ड्रइङ (रेखाचित्र) अनुसार भवन निर्माण ग¥यौँ, ढलान भएको केही दिनमा ढलान चर्किएपछि सबै कुरा खोज्दै जाँदा उक्त ड्रइङ (रेखाचित्र) मा सेकेन्डरी बिम नभएको पायौँ ।“ त्यतिबेला विश्वासका आधारमा काम गरेको र चिठी नल्याएका कारण ८० लाख भन्दा बढी खर्च आफूले गर्नुपर्ने बाध्यतामा परेको बताए ।
भ्याट बाहेक ५ करोड ५४ लाख ४३ हजार रुपैयाँमा ठेक्का सम्झौता भई निर्माण थालिएको भवन निर्माणको २०७८ असारमा सम्झौता भई ०७९ पुस मसान्तमा भवन निर्माणको काम सकाउनुपर्ने भएपनि अहिलेसम्म भत्काइएको ढलानको खर्च कसले बेहोर्ने विवादले काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । समयमै भवन निर्माण सक्ने योजनाका साथ काम गरेको बताउँदै निर्माण कम्पनीका प्रोप्राइटर न्यौपानेले भने, प्राविधिक त्रुटिले ढिला भएको भए पनि म्याद थप गरी अस्पताल भवन निर्माण गछौँ ।
महावु गाउँपालिका–२ का वडाध्यक्ष एवम् प्रवक्ता प्रकाश थापाले ढलान भएको भोली पल्ट पुरै ढलान फुटेपछि त्यसलाई पुन भत्काएर निर्माण लागिएको बताए । उनले विगतमा जे त्रुटि भएपनि अस्पताल भवन निर्माण गर्ने निर्माण कम्पनीले निर्माण सम्पन्न गर्नेमा आफू विश्वस्त रहेको बताए ।
उनले भने, “कहाँ के त्रुटि भयो दुवै पक्ष बाट भयो । अव ती कमीकमजोरीलाई सच्याएर अगाडि बढ्छौँ । अस्पताल भवनका लागि विस्तृत आयोजना प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत गरी भवनको ठेक्का खोल्नु पर्ने भए पनि मन्त्रालयबाट नै स्वीकृति नलिएर ठेक्का आह्वान गर्दा समस्या आएको पाइएको छ प्रधानमन्त्री केपी शर्मा ओली सरकारको अघिल्लो पालामा एक स्थानीय तह एक आधारभूत अस्पताल अन्तर्गत उक्त अस्पताल भवन निर्माण थालिएको थियो ।“
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार