Listen LIVE

राप्तीसोनारी रनको उपाधि आयुस र अनिशालाई

नेपालगञ्ज : दशौं धारा नेपालगञ्ज म्याराथनको प्रबद्र्धन गर्ने उद्देश्यले शनिवार आयोजना गरिएको राप्तीसोनारी ५ किमी रनको उपाधि आयुस केसी र अनिशा थारुले जितेका छन् । 

निर्धारित दुरी आयुसले १९ मिनेट २३ सेकेन्डमा पुरा गरे भने अनिसाले २५ः२१ः०५ मिनेटमा पुरा गरिन् । 

नेपालगन्ज म्याराथनको एक दशक यात्रा पुरा गरेको अवसरमा राप्तीसोनारी गाउँपालिका वडा नं २ बिनौनामा सञ्चालन गरिएको दौडमा छात्रतर्फ करण नेपाली १९ः४८ः०६ मिनेटका साथ दोस्रो र मनोज थारु २१ः२१ः०९ मिनेटका साथ तेस्रो भए । त्यसैगरी छात्रातर्फ सुमित्रा रानाले २८ः३९ः०२ मिनेटसहित दोस्रो र सन्तोषी थारु ३८ः५०ः०६ मिनेटसहित तेस्रो भए ।

विजेता खेलाडीलाई राप्तीसोनारी गाउँपालिका प्रमुख तप्त पौडेल, राप्तीसोनारी गाउँपालिका खेलकुद विकास समिति संयोजक तेजबहादुर सुवेदी, रेस डाइरेक्टर चन्द्र गुरुङ, अन्तर्राष्ट्रिय धावक तिर्थ ओली, नेपालगन्ज म्याराथन संस्थापक टीएस ठकुरीले पुरस्कार वितरण गरेका थिए । 

राप्तीसोनारी रनको उदघाटन गर्दै पालिका प्रमुख पौडेलले नेपालगन्ज म्याराथनसँग राप्तीसोनारी पालिका साझेदारी गर्न तयार रहेको बताए । राप्तीसोनारीलाई खेलकुदमय बनाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पालिकाले योजना बनाइरहेको पनि उनले जानकारी गराए । पालिकाको महत्वपुर्ण साझेदारी भइदिए राप्तीसोनारी रन हरेक बर्ष आयोजना गर्ने र स्थानीय प्रतिभा खोज्ने तयारी गरिएको नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङले बताए । दौडका अवसरमा दुई किलोमिटर वाकाथन आयोजना गरिएको थियो । त्यसमा स्थानीय शिक्षक, वृद्ध लगायत उपस्थित थिए । 

प्रतिक्रिया