Listen LIVE

अल हिलालले जित्यो साउदी सुपर कपको उपाधि

काठमाण्डौ : पोर्चुगलका स्टार  खेलाडी क्रिस्टियानो रोनाल्डोको आवद्ध अल नासर सुपर कपको फाइनलमा पराजित भएको छ। 

साउदी अरबको प्रतिष्ठित सुपर कप फाइनलमा अल नासर रोनाल्डोको गोलमार्फत् अग्रता लिए पनि खेल अल हिलाललाई  ४–१ ले सुम्पिन पुग्यो।

पाँच पटकका बालोनडोर विजेता रोनाल्डोले पहिलो हाफको ४४औं मिनेटमा गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए।  पहिलो हाफमा १–० को अग्रता लिएको अल नासर दोस्रो हाफमा निरिह बन्न पुग्यो। 

गत संस्करण पनि उपविजेतामा सिमित बनेको अल नासर दोस्रो हाफमा लगातार गोल खान पुग्दा यो पटक पनि उपविजेतामा समेटियो।

अल नासरविरुद्ध सेरगज मिलन्कोभिक सभिकले ५५ औं मिनेटमा बराबरी गोल फर्काउँदा टिमका लागि दोस्रो गोल आलेक्सान्दर मित्रोभिचले ६३ र ६९ औं मिनेटमा गोल गर्दै टिमलाई ३–१ को फराकिलो अवस्थामा पुर्याए टिमका लागि चौंथो गोल माल्कोमले ७२ औं मिनेटमा गर्दा अल नासर उपविजेतामा सिमित बन्यो।

प्रतिक्रिया