धनगढी : विद्युत आपूर्तिमा समस्या भएपछि कैलालीको एक पोल्ट्री फार्ममा १२ हजार कुखुरा मरेका छन् ।
लम्कीचुहा–७ हरैयामा दुर्गा बोहराले सञ्चालन गरेको पोल्ट्री फार्ममा रहेका कुखुरा राति विद्युत आपूर्ति कम भएका कारण मरेका हुन् । अण्डा दिइरहेका कुखुरा मरेपछि एक करोड बराबरको क्षति भएको पीडित दुर्गा बोहराले बताए ।
फार्म सञ्चालकले विद्युत आपूर्ति कम हुँदा कुखुरा मरेको गुनासो गरेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले फर्मको निरीक्षण गरेका छन् । त्यस क्रममा मुख्यमन्त्री शाहले कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र नेपाल विद्युत प्राधिकरण टीकापुर शाखाका प्रमुखलाई आवश्यक समन्वय गरेर विद्युत आपूर्ति प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
2025-09-29
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार