Listen LIVE

लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

काठमाण्डौ : लुम्बिनी लायन्सले आज आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।

नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा ई.पु. २४९ मा स्थापित ऐतिहासिक अशोक स्तम्भ, नेपालको राष्ट्रिय झण्डाको रातो रङ, चन्द्र र सूर्यको प्रतीकजस्ता नेपाली पहिचान झल्काउने तत्त्व समावेश गरिएको छ। सुनौलो अक्षरले लुम्बिनीमा बलिरहेको कहिल्यै ननिभ्ने शान्तिदीपलाई प्रतिनिधित्व गर्दछ ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वरबहादुर जिसीले यो यो लोगो केवल एक ग्राफिक चिह्न मात्र नभई यसले टिमको इतिहास, भावना र राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गर्ने बताए। ‘बुद्धको भूमि लुम्बिनीबाट जन्मिएको यो टिम मैदानमा गर्जन्छ र नेपाललाई विश्वसामु चिनाउँछ’, उनले भने,  ‘लुम्बिनी लायन्सले खेल, संस्कृति र राष्ट्रिय गर्वलाई एउटै प्रतीकमा समेटेको छ।’

२०८१ सालमा स्थापित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा फ्रेन्चाइज टिम उर्जा र उत्साहका साथ प्रस्तुत हुन तयार रहेको जनाएकोछ । उसले नयाँ लोगोको माध्यमबाट नेपाली पहिचान र बुद्धको शान्ति सन्देश बोकेर नेपाली क्रिकेटमा नयाँ अध्याय शुरु गर्ने समेत बताएको छ।

प्रतिक्रिया