काठमाण्डौ : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार र बुधबार देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्दै गएकाले मनसुनी गतिविधि थप सक्रिय भएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज र भोलि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना छ । ती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।
भारी वर्षाका कारण भूक्षय, बाढी र पहिरोको जोखिम बढ्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठुला तथा साना नदी, खोला र नालामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार