गुल्मी : सत्यवति–३, ठुलोलुम्पेक बोरहका इन्द्र विश्वकर्मा र प्रेमकला गाहाको अन्तरजातिय बिहे हो । जातिय विभेदले जगडिएको समाजमा अन्तरजातिय बिहेनै एउटा क्रान्ति हो । यो जोडीले बिहेसँगै कृषिमा समेत क्रान्ति गरेको छ ।
वैदेशिक रोजगारीका लागि इन्द्र मलेसियार र भारत पुगेका इन्द्रले २०७२ साल तिर घर फर्किएर करिब तीन वर्ष गाउँमै बस चलाए । तर त्यसबाट पनि सोचे अनुसार कमाइ नभएपछि उनले आफ्नौ माटोमा समृद्धिको सपना देखे ।
उनले करिब १५ वर्षदेखि कृषि गर्दै आएका छन् । तर व्यावसायिकरूपमा पूर्णिमा अर्गानिक कृषि तथा पशुपक्षी फर्म मार्फत पाँच वर्षदेखि काम गरिरहेका छन् । विश्वकर्माले अहिले क्याप्सिकम, सीमी र काँक्रासहित कुखुरापालन व्यवसाय गरिरहेका छन् ।
अहिले क्याप्सिकम पहिलो अनुभव हो । अहिले फलदिन थालेकाले क्याप्सिकम प्रतिकिलो ११० रुपैयाँमा नौ क्वीन्टल बिक्री गरिसकेका छन् । करिब दुई लाखको क्याप्सिकम बेच्न लक्ष्य विश्वर्माको छ । उनको बारीमा सिमी पनि लटरम्म फेलेको छ । सिमीकै मौसम भएकाले मूल्य सोँचे अनुसार छैन । ३० देखि ३५ रुपैयाँमा टमाटर बिक्री गरेका उनले १० क्वीन्टल बिक्री गर्ने योजना रहेको बताए । उनले धेरै पहिलेबाट गरिरहेको टमाटर खेति हो । बारीमा हिमसोना जातका टमाटरका बोट छन् ।
अहिले ८० क्वीन्टलभन्दा बढि टमाटर बिक्री हुने विश्वकर्माले बताए । अहिलेसम्म बजारमा ७० देखि ८० रुपैयाँमा टमाटर बिक्री भइरहेको छ । विश्वकर्माको भक्तपुरे जातको काँक्राका पनि साढे दुई सय बोट छन् । ०७९ सालमा असिनाले ध्वस्त बनाएपछि कृषि कर्मबाट हात धुने स्थिति समेत भोगेका इन्द्रले पाँच लाख खर्च गरेर हेल्दी नेट प्रयोग गरेर कृषि गरिरहेका छन् । हेल्दीनेट महङ्गो हुने भएकाले सबै कृषकको पहुँच नहुने विश्वकर्माले बताए । क्याप्सिकम, टमाटर, सिमी र काँक्रा गरेर ३५ सयभन्दा बढि बोट रहेका छन् ।
उनले आठ सय बढि कुखुरा, १० बाख्रासहित बङ्गुर पालन गरेका सय कुखुरा बेच्ने बताए । बाख्रा पनि १० वटा, बुंगुर पालन गरेका छन् । प्रेमकला गाहा सत्यवती गाउँपालिका–३ को वडासदस्य हुन् । उनले वडाको कामसहित श्रीमानसँगै कृषि कर्ममा जोडिएकी छन् । गाउँभर कृषि क्षेत्रमा उर्जा छ । अरुलाई कृषिमा लाग्न उत्प्रेरित गर्न आफुबाट सुरु गर्नुपर्ने गाहाको तर्क छ । सत्यवति गाउँपालिकाले कृषकका सबै उत्पादन बुटवलको २८ नं सटरमा बिक्री गर्ने प्रबन्ध गरिरहेको छ ।
सबै उत्पादन अहिलेसम्म बुटवलमै बिक्री भइरहेको विश्वकर्माले बताए । उनले खर्च कटाएर परदेशमा बराबर कमाई घरमै भइरहको बताए । विश्वकर्माले कृषि ज्ञान केन्द्रबाट थोपा सिँचाइ प्रविधि, पालिका तथा वडाबाट गत वर्ष टनेल बिक्री भइरहेको बताए । उनले वर्षातमा पानी परे सडक समस्या हुने भएकाले राज्यले सडक सञ्चालनमा सहयोग गर्नुपर्ने आशा व्यक्त गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार