नेपालगञ्ज : यहि आउदो भाद्र १३ गतेदेखि १७ गतेसम्म भियतनाममा हुन गई रहेको किंग एण्ड क्वीन ईन्टरनेशनल सौन्दर्य प्रतियोगितमा नेपालको प्रतिनिधित्व गर्दै नेपालगञ्जबाट २ जना प्रतियोगि भियतनाम प्रस्थान गरेका छन् ।
गत जेष्ठ महिनामा नेपालगञ्जमा आयोजना भएको प्रतियोगिताबाट किंग तर्फ नेपालगञ्ज ८ ब्रम्हकुमारी टोलका २१ वर्षिय अर्मान मनिहार र क्वीन तर्फ नेपालगञ्ज १२ बेलासपुरकी १५ वर्षिया सोहाना चन्द रहेका छन् ।
१८ वटा देशको सहभागिता रहने उतm सौन्दर्य प्रतियोगितामा शिर्ष ३ स्थानमा नेपालले बाजी मार्ने कुरामा आफु विश्वस्त रहेको नेपालका फ्रन्चाईजी मेजीस्टीक ग्रुपका कन्ट्री डाईरेक्टर मन्जेस गिरिले बताए । बाल बालिका तथा युवा युवतिहरुका लागि प्रतिभा प्रस्पुटन गर्नका लागि यस्ता प्रतियोगितमा भाग लिन पाउनु र नेपालको प्रतिनिधित्व गर्न पाउनु गर्वको कुरा रहेको २१ वर्षिय अर्मान मनिहारले बताए ।
१५ वर्षिय जय बागेश्वरी सेकेन्डरी स्कुलमा कक्षा ९ मा अध्ययनरत सोहाना चन्दले राम्रो तयारी रहेको र नेपालले केहि न केहि जितेर आउने कुरामा विश्वास रहेको बताईन । भाद« २५ गते नेपालबाट प्रस्थान भएको टोलिले ट्यालेन्ट राउन्डमा नेपालको संस्कृति झल्कने नृत्य प्रस्तुत गर्ने छ भने प्रतियोगिता भियतनामको हो चिमिगं शहरमा आयोजना हुने छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार