Listen LIVE

सातै प्रदेशमा मनाइयो ओलम्पिक डे

काठमाण्डौ : सातै प्रदेशमा ओलम्पिक डे मनाइएको छ। नेपाल उसु महासंघले का सचिव निकेश श्रेष्ठका अनुसार सातै प्रदेशमा कार्यक्रम गरी उसुले ओलम्पिक डे मनाएको हो। 

बागमती प्रदेशको ललितपुरमा उसुको डेमोस्ट्रेसन गरेर ओलम्पिक डे मनाइएको छ। गोदावरी– १० न्यौपानेगाउँमा रहेको यीङयाङ उसु साण्डा एण्ड ताइची सेन्टरमा लेलेको अमर कान्ति सेकेण्डरी इङलिस स्कुलका विद्यार्थी र सेन्टरका खेलाडी बाट डेमोस्ट्रेसन गरेर मनाइएको हो । 

अन्य ६ प्रदेशमा पनि विविध कार्यक्रम गरी दिवस मनाइयो। 

जुन २३ मा अन्तर्राष्ट्रिय ओलम्पिक डे भए पनि नेपालमा जुन २१ देखि २३ सम्म ३ दिन कार्यक्रम गर्ने गरिएको छ।

प्रतिक्रिया